थारू आयोगकी सदस्य सम्पर्कविहीन !
बिहीबार, १५ साउन २०८२, १५ : ४३
काठमाडौँ । थारू आयोगकी सदस्य शान्ति मोदी एक महिनादेखि सम्पर्कविहीन भएकी छन् ।
उनले असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् । तर एक महिना बढी भइसक्दा पनि मोदीसँग सम्पर्क हुन नसकेको आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले जानकारी दिए ।
कार्यवाहक अध्यक्ष थारूका अनुसार मोदीले बिदा लिएर अमेरिका जाने गरेकी थिइन् । मोदी सम्पर्कविहीन हुँदा आयोगको काम पनि प्रभावित भएको उनले बताए । असार मसान्तमा उनीसम्बन्धित कुनै पनि कार्यक्रम नभएका थारूको भनाइ छ ।
मोदीका श्रीमान् अमेरिका बस्छन् । त्यही भएर उनी आउजाउ गर्ने गर्थिन् । तर यसपटक भने आफूलाई केही जानकारी नभएको थारूले बताए । 'एक महिनाको बिदाका लागि आज एउटा पत्र (इमेलमार्फत) आएको छ, तर व्यक्ति सम्पर्कमा आएको छैन,' उनले भने, 'सम्पर्कdf आएपछि सोधपुछ गर्छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण