सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताए ।
तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताए ।
अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाइँ हुन नसकेको बताउनु भयो । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिँचाइ पुर्याएको बताए ।
सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको बताउनु भयो । सबै महिनामा सिँचाइ पुर्याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरू ४० प्रतिशत मेहनत सिजनल सिँचाइका लागि पनि गर्नुपर्ने अवस्था रहेको बताए ।
प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुसीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण