बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न
सारांश
- सहरी विकास तथा भवन कार्यालय मकवानपुरले बागमती प्रदेशका अधिकांश बहुवर्षीय योजना सम्पन्न गरेको छ।
- हेटौँडामा प्रदेशसभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन हस्तान्तरणको क्रममा छन्।
- चितवनमा जलस्रोत तथा सिँचाइ कार्यालयका भवन र इको टुरिजम पार्क तयार भएका छन्।
मकवानपुर । सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा बागमती प्रदेशमा सञ्चालित अधिकांश बहुवर्षीय योजना सम्पन्न भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–१० मा वाग्मती प्रदेशसभा भवन पूरा हस्तान्तरणको क्रममा छभने हेटौँडा उपमहानगरपालिका–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पनि तयार भएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका भवन पनि पूरा भएका छन् । चितवनकै राप्ती–४ मा ‘इको टुरिजम पार्क’ तयार भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ मा अस्पताल भवन तीव्र गतिमा बनिरहेको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ ।
उक्त कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आवका लागि हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा पदयात्री मार्ग निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा ‘स्टिट्र फुड पार्क’, चितवनमा कृषि विकास कार्यालयको भवन निर्माण सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण