बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बागमती विवाद

राजीनामा दिन सभापति देउवाको निर्देशन, साथीहरूसँग छलफल गर्ने मुख्यमन्त्री लामाको जवाफ

शुक्रबार, १६ साउन २०८२, ०८ : २४
शुक्रबार, १६ साउन २०८२

सारांश

  • शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन्।
  • देउवाको निर्देशनपछि लामाले राजीनामाबारे टिमसँग छलफल गर्ने बताएका छन्।
  • पार्टीभित्रको विवाद समाधानका लागि देउवाले लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार्न सुझाव दिए।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेका थिए।

सरकारबारे छलफलका लागि सभापति देउवाले बोलाएपछि बिहीबार नै काठमाडौँ पुगेका मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन निर्देशन गरेको एक सांसदले बताए । 

प्रदेशमा देखिएको समस्या समाधानका लागि मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको उनले बताए । सभापति देउवाले पार्टी भित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन गरेको उनको भनाइ छ । उनका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो । 

पार्टी भित्रको विवादले कसैलाई फाइदा नपुग्ने भन्दै देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको ती संसद्ले बताए । सभापति देउवाको निर्देशन पछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए । 

'पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानुस् । लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।' लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै ती सांसदले भने, 'पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ । तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन । १,२ दिनमा नै राजीनामा आउँछ ।'

सांसद गोविन्द लम्सालका अनुसार उनीहरूबिच पछिल्लो अवस्थाको व्यवस्थापनबारे छलफल भएको र मिलाएर अघि बढ्ने निष्कर्ष आएको उनले बताए । सरकारको निरन्तरताका विषयमा आन्तरिक छलफल गरेर निर्णयमा पुग्ने मुख्यमन्त्री लामाले बताएको उनले बताए ।

सोही अनुसार बिहीबार नै मुख्यमन्त्री लामाले आफू निकट सांसदहरूसँग काठमाडौँमा छलफल गरेका उनको भनाई छ । छलफलमा सरकारको निरन्तरताको विकल्पमा अघि बढ्न शीर्ष नेतृत्वसँगको संवाद चलाउने निष्कर्ष लिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप