शिक्षा ऐनप्रति निजी विद्यालयहरूको चासो, सुधारको माग
सारांश
- नयाँ विद्यालय शिक्षा ऐनमा निजी क्षेत्रको योगदानलाई बेवास्ता गरिएको भन्दै नेसनल प्याब्सनले सुधारको माग गरेको छ।
- नेसनल प्याब्सनले ऐन समय सापेक्ष, व्यावहारिक र सबैको सहभागितामा आधारित हुनुपर्नेमा जोड दिएको छ।
- निजी विद्यालयहरूले संविधानमा उल्लेखित अधिकारको संरक्षण गर्नुपर्ने र निजी क्षेत्रसँग समन्वयको माग गरेका छन्।
काठमाडौँ । सरकारले ल्याउन लागेको नयाँ विद्यालय शिक्षा ऐनप्रति निजी विद्यालयहरूको सङ्गठन नेसनल प्याब्सनले गम्भीर चासो व्यक्त गरेको छ। सङ्गठनले ऐनमा निजी क्षेत्रका योगदान र अधिकारलाई बेवास्ता गरिएको भन्दै तत्काल सुधार गर्नुपर्ने माग राखेको छ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेसनल प्याब्सनका प्रतिनिधिहरूले शिक्षा ऐन समय सापेक्ष, व्यावहारिक र सबैको सहभागितामा आधारित हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नयाँ ऐनले निजी विद्यालयहरूलाई विभेद गर्ने अवस्था आउने खतरा औँल्याउँदै संविधानमा उल्लेख भएको पेसा, रोजगार, व्यवसाय गर्ने अधिकारको संरक्षण गरिनुपर्ने बताए।
नेसनल प्याब्सनका अनुसार नेपालमा करिब ३४ प्रतिशत विद्यालय निजी क्षेत्रबाट सञ्चालित छन्। ती विद्यालयहरूमा ८ खर्बभन्दा बढीको लगानी छ भने २ लाखभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्। तीमध्ये झन्डै ५५ प्रतिशत महिला छन्। त्यस्तै, निजी विद्यालयहरूमा ३० लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
संगठनका अनुसार यस्तो ठुलो सङ्ख्यामा जनशक्ति र लगानी संलग्न भएका संस्थाहरूलाई बेवास्ता गर्नु राज्यका लागि पनि घाटाको विषय हुनेछ। यसैले उनीहरूले शिक्षा ऐन निर्माणका क्रममा निजी क्षेत्रसँग समन्वय र परामर्श गरेर ऐन पारित गर्न सरकार र सरोकारवाला निकायहरूलाई आग्रह गरेका छन्।
नेसनल प्याब्सनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गराउँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सार्वजनिक र निजी दुवै क्षेत्रको सहकार्य आवश्यक भएको स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण