झलनाथले पार्टी नीति विपरीत बोले, बिदा भए हुन्छ : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले बिदा हुन सुझाव दिएका छन्।
- नेपालले खनालको एमाले टुक्र्याउनु गलत भन्ने भनाइ पार्टी नीति विपरीत भएको बताए।
- नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन रोक नलगाएको बताए, तर देउवा र ओली एकैठाउँमा रहेसम्म वैकल्पिक सरकारको सम्भावना नरहेको उल्लेख गरे।
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने नेपालको भनाइ छ ।
शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए ।
‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक-पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए ।
अर्को प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकाले त्यो व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा राखे । नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण