अभिनेत्री आश्माले प्रलभसँग कसिन् लगानगाँठो
शुक्रबार, १६ साउन २०८२, १७ : १७
काठमाडौँ । ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार लन्डन निवासी प्रलभ ढुङ्गानासँग लगनगाँठो कसेकी हुन् ।
विवाह समारोह मुलपानी चाबहिल स्थित रोयल प्यालेसमा आयोजना गरिएको थियो । विवाहमा साथीभाइ र नजिकका आफन्त सहभागी थिए ।
आश्मा र प्रलभले ७ वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका हुन् । आश्माले वेभ सिरिज ‘रङ टाइम’बाट अभिनय थालेकी हुन् । थुप्रै म्युजिक भिडियो अभिनय गरेकी उनले ‘ड्रिम गर्ल’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण