नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा
सारांश
- गुणस्तर तथा नापतौल कार्यालयले धनुषा लगायतका जिल्लाका २ हजारभन्दा बढी उद्योगी तथा फर्मलाई जरिवाना गरेको छ।
- कार्यालयले नापतौलमा ठगी गर्ने र नवीकरण नगर्ने व्यवसायीलाई कारबाही गर्दै ५१ लाखभन्दा बढी राजश्व संकलन गरेको छ।
- कार्यालय प्रमुखले भवन, सवारीसाधन र बजेटको अभाव रहेको गुनासो गरेका छन्।
जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ । सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो ।
पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रूपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौल यन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याएको बताए। प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिई बढी रकम लिने गरेको गुनासोका आधारमा कानुनबमोजिम कारबाही गरिएको हो ।
सो अवधिमा दुई हजार ६३० व्यवसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत देखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ ।
पटक पटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले रु ४० लाख ६७ हजार दुई ४२ राजस्व सङ्कलन गरेको थियो ।
कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, ‘डोर’ अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण