अमलेखगन्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरु
शनिबार, १७ साउन २०८२, १० : ३७
सारांश
- चितवनको राप्ती १ लोत्थरमा अमलेखगन्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको कार्यालय उद्घाटन गरियो।
- नेपाल आयल निगमका अनुसार यो परियोजनाले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइपलाइन बिछ्याउने छ।
- अहिले मोतीहारी-अमलेखगन्ज पाइपलाइन रहेको र १५ महिनाभित्रै पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने लक्ष्य छ।
चितवन । अमलेखगन्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिछ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए । अहिले मोतीहारी–अमलेखगन्ज पाइपलाइन रहेको उनले बताए ।
उक्त परियोजनाको पाइपलाइन बिछ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको यादवले बताए । अमलेखगन्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिछ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको बताए । उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण