रोमाञ्चक मोडमा भारत-इंग्ल्याण्डबिचको अन्तिम टेस्ट
सारांश
- लन्डनमा भारत र इङ्ल्यान्डबीचको टेस्ट क्रिकेट खेल भइरहेको छ, जसमा इङ्ल्यान्डले जितका लागि ३७४ रनको लक्ष्य पाएको छ।
- तेस्रो दिनको खेलमा भारतले दोस्रो इनिङ्समा ३९६ रन बनायो, जसमा यशस्वी जयस्वालले शतक र आकाशदीप, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले अर्धशतक बनाए।
- इङ्ल्यान्डले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो र दोस्रो इनिङ्समा १ विकेट गुमाएर ५० रन बनाएको छ, जबकि भारतलाई जित्न ८ विकेट आवश्यक छ।
लण्डन । भारत र इंग्ल्याण्डबिचको एन्डरसन-तेन्दुल्कर ट्रफीको पाँचौँ टेस्ट लन्डनको ओभल स्टेडियममा खेलिँदैछ। इंग्ल्याण्डले जीतका लागि ३ सय ७४ रनको लक्ष्य पाएको छ ।
तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले १ विकेट गुमाएर ५० रन बनाएको छ। इंग्ल्याण्डलाई लक्ष्य हासिल गर्न अझै २ दिनको खेल बाँकी छ। उता, भारतलाई जीतका लागि केवल ८ विकेट लिन बाँकी छ । इंग्ल्याण्डका क्रिस वोक्स चोटका कारण टेस्टबाट बाहिर छन्।
खेलको तेस्रो दिन भारत दोस्रो इनिङ्समा ३ सय ९६ रनमा अलआउट भएको थियो। यशस्वी जयस्वालले शतक बनाए भने नाइट वाचम्यान आकाशदीप, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले अर्धशतक बनाए।
भारतले खेलको तेस्रो दिन ७५/२ को स्कोरबाट सुरु गरेको थियो। नाइट वाचम्यान आकाशदीपले अर्धशतक बनाए । उनी पहिलो सत्रमा ६६ रन बनाएपछि आउट भए। यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक थियो।
दोस्रो सत्रमा भारतले ३ विकेट गुमायो। कप्तान शुभमन गिल ११ रन बनाएपछि आउट भए । करुण नायर १७ र यशस्वी जयस्वाल १ सय १८ रन बनाउँदै पभेलियन फर्किए।
तेस्रो सत्रमा, रवीन्द्र जडेजाले ध्रुव जुरेलसँग मिलेर इनिङ सम्हाले। दुवैले टोलीको स्कोर ३०० भन्दा माथि पुर्याए। जुरेल ३४ रन बनाएर आउट भए। वासिङ्टन सुन्दरले जडेजासँग साझेदारी गरे र टोलीलाई ३५० भन्दा माथि पुर्याए।
जडेजा ५३ रन बनाएर आउट भए। उनीपछि मोहम्मद सिराजले आफ्नो खाता पनि खोल्न सकेनन्। अन्ततः वासिङ्टन सुन्दरले ५३ रन बनाएर अग्रता ३७३ मा पुर्याए। इङ्ल्यान्डका लागि जोश टङ्गले ५ विकेट र गस एटकिन्सनले ३ विकेट लिए। जेमी ओभरटनले २ विकेट लिए।
तेस्रो सत्रमा इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ सुरु गर्यो । टोलीले १ विकेट गुमाएर ५० रन बनायो। बेन डकेट ३४ रन बनाएर अविजित रहे। ज्याक क्राउली १४ रन बनाएर आउट भए । उनलाई दिनको अन्तिम ओभरमा मोहम्मद सिराजले बोल्ड गरे।
यसअघि, पहिलो इनिङ्समा इंग्ल्याण्ड २ सय ४७ रन बनाएर अलआउट भयो। यससँगै टोलीले पहिलो इनिङमा २३ रनको अग्रता लिएको थियो। ज्याक क्राउलीले ६४ र ह्यारी ब्रुकले ५३ रन बनाए। भारतका तर्फबाट प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले ४-४ विकेट लिए। आकाश दीपले १ विकेट लिए।
खेको पहिलो दिन भारतले ६ विकेट गुमाएको थियो। वर्षाका कारण ६४ ओभर मात्र खेलिएकोमा टोलीले ६ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। दोस्रो दिन, टोलीले पहिलो सत्रमा नै अन्तिम ४ विकेट गुमाएको थियो। करुण नायरले ५७ रन बनाए। इंग्ल्याण्डका तर्फबाट गस एटकिन्सनले ५ विकेट र जोश टङ्गले ३ विकेट लिए।
शृङ्खलामा घरेलु टोली इंग्ल्याण्ड २-१ ले अघि रहेको छ । इंग्ल्याण्ड यो टेस्ट जित्दै शृङ्खलामा कब्जा जमाउने धुनमा रहेको छ भने भारत यो खेल जितेर शृङ्खला बराबरी गर्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण