असोज ३ मा भिड्दै ‘सोल्टिनी’ र ‘जारी २’
सारांश
- असोज ३ गते संविधान दिवसको अवसरमा 'सोल्टिनी' र 'जारी २' प्रदर्शन हुने भएको छ।
- 'जारी २' मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्, भने 'सोल्टिनी' अर्जुन सुवेदीको निर्देशनमा बनेको छ।
- दुवै फिल्मले एउटै समुदायको कथा बोकेका छन् र एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका हुन्।
काठमाडौँ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर २ फिल्म प्रदर्शनमा आउने भएका छन् । फिल्म हुन्, ‘सोल्टिनी’ र ‘जारी २’ । एउटै समुदायको कथामा बनेको यी दुई फिल्म एक–अर्कोसँग भिड्ने भएका हुन् ।
फिल्म ‘जारी २’ले गत शुक्रबार आफ्नो प्रदर्शन मितिको रूपमा असोज ३ सार्वजनिक गरेसँग यी दुई भिडन्त निश्चित भएको हो । फिल्म ‘सोल्टिनी’ले भने करिब ६ महिनाअघि नै असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।
‘जारी २’ कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म हो । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा यी दुईलाई श्रीमान्–श्रीमतीको रूपमा देख्न सकिन्छ । फिल्ममा दयाहाङ र मिरुनाको अलावा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।
त्यस्तै ‘सोल्टिनी’ अर्जुन सुवेदीको निर्देशन रहेको फिल्म हो । प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय फिल्ममा छ । प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण