कामचट्कापछि कुरिल टापुमा गयो शक्तिशाली भुँइचालो
सारांश
- रुसको कामचटकामा ८.८ म्याग्निच्युडको भूकम्पपछि कुरिल टापु क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ।
- भूकम्पपछि रुसको सुदूर पूर्वी क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै आपत्कालीन सेवा मन्त्रालयले चेतावनी जारी गरेको छ।
- अधिकारीहरूले मानिसहरूलाई समुद्री किनार र तल्लो तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
मस्को । रुसको कामचटकामा ८ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि अब कुरिल टापु क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि रुसको सुदूर पूर्वी क्षेत्र कामचटकाको तीन भागमा सुनामीको सम्भावना बताइएको छ । रुसको आपत्कालीन सेवा मन्त्रालयले आइतबार यस सम्बन्धमा चेतावनी जारी गरेको छ ।
मन्त्रालयले टेलिग्राममा जारी गरेको सन्देशमा भनिएको छ- ‘छालहरूको उचाइ कम हुने अपेक्षा गरिएको छ, तर यसको बाबजुद पनि तपाईंहरू तटबाट टाढा रहनुहोला ।’
अधिकारीहरूले मानिसहरूलाई समुद्री किनार र तल्लो तटीय क्षेत्रबाट सुरक्षित स्थानहरूमा सर्न अपिल गरेका छन् । प्रशान्त सुनामी चेतावनी प्रणाली र अमेरिकी भूगर्भ सर्वेक्षणले पनि भूकम्पको पुष्टि गरेको छ । तर यस भूकम्पबाट कुनै ठुलो सुनामीको खतरा नभएको उनीहरूले बताएका छन् ।
यो भूकम्प जानु केही घण्टा अघि कामचट्का क्षेत्रमा क्राशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको थियो । रुसको सरकारी समाचार एजेन्सी र वैज्ञानिकहरूले यसको पुष्टि गरेका थिए ।
वैज्ञानिकहरूका अनुसार यो ज्वालामुखी लगभग ४५० वर्षपछि पहिलो पटक विस्फोट भएको हो । यो ज्वालामुखी अन्तिम पटक १५५० मा विस्फोट भएको थियो ।
रुसी वैज्ञानिकहरूले गत हप्ता नै यस क्षेत्रमा शक्तिशाली भूकम्पपछि परकम्प र भूगर्भीय हलचल हुन सक्ने चेतावनी दिएका थिए । यसअघि, कामचटकाको सबैभन्दा सक्रिय ज्वालामुखी क्ल्युचेभस्कोय ज्वालामुखी पनि सोही क्षेत्रमा विस्फोट भएको छ ।
ज्वालामुखी विस्फोट पछि, खरानीको ठुलो बादल आकाशमा ६ हजार मिटर (करिब ३ दशमलव ७ माइल) सम्म फैलिएको थियो । खरानीको बादल प्रशान्त महासागरको दिशामा सरिरहेको र यसको बाटोमा कुनै पनि बस्ती नभएको क्षेत्र भएको रुसको आपत्कालीन मन्त्रालयले भनेको थियो ।
विमानको सुरक्षालाई ध्यानमा राख्दै, अरेन्ज कोड अलर्ट जारी गरिएको छ । यो भनेको हवाई यातायातको लागि खतराको गम्भीर अवस्था हो । कामचटका क्षेत्रमा पछिल्ला केही दिनदेखि भूगर्भीय गतिविधिहरू तीव्र हुँदै गइरहेका छन् ।
जुलाईको अन्त्यमा ८ दशमलव ८ म्याग्निच्युडको भूकम्प, त्यसपछि ४५० वर्षपछि ज्वालामुखी विस्फोट र अब सुनामीको सम्भावना, यी सबै घटनाहरू एक अर्कासँग सम्बन्धित हुन सक्ने ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण