देश किन बनेन ? समीक्षा हुनुपर्छ : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताएका छन् ।
आइतबार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भए पनि बन्न नसकेको बताए ।
उनले ७० वर्षमा सात वटा संविधान निर्माण भए पनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताउनु भयो । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको बताए ।
उनले भने,‘विधि र व्यवस्थाबाट देश बन्छ । शासन र संविधानले देश बनाउँछ । तर नेपालमा के विधि, व्यवस्था, शासन र संविधान छैन त ? तर यो हेर्दाखेरी नेपालमा संविधान बनाउने कुरामा सातौँ हो । सात वटा संविधान बनाएका हौँ । ७० वर्षमा सात संविधान बनायौँ । व्यवस्था परिवर्तन भएको छ । राणातन्त्रबाट गणतन्त्रमा पुग्यौँ । पटक पटक संविधान र व्यवस्था परिवर्तन भयो । तर नेपाली जनताको अवस्था परिवर्तन भएन । संविधान, व्यवस्था फेरेकै हो । तर अवस्था किन फेरिएन, किन नेपाल बनेन ? यो सवाल महत्त्वपूर्ण छ । यसमा छलफल गर्नुपर्छ ।’
उनले नेपाल बनाउन नसकेको कुरा सबैले गर्ने गरेको तर नेपाल कसरी बनाउने भनेर कसैले भन्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण