सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ
काठमाडाैँ । सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ नयाँ कमलपुरमा १ सय ३ किलोग्राम लागुऔषध (गाँजा) सहित आइतबार ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका वडा नम्बर १ मुक्सार बस्ने ४२ वर्षिय जय राम जोशी,सोही स्थान बस्ने ३० वर्षिय शिब कुमार सदा,सोही स्थानका २२ वर्षिय कृष्ण सदा,सोही स्थानका १८ वर्षिय सुरज सदा रहेका छन् ।
त्यस्तै सिरहाको गोलबजार नगरपालिकाका १९ वर्षिय पशुपति सदा,सिरहा गोलबजार नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय जिबच्छ साह,सिरहा औरही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय राजिन्द्र यादव,भारतको मधुबनि कुमरखद ग्राम पञ्चायत वडा नम्बर १४ का ३९ वर्षिय बैजनाथ चौधरीर सोही ठाउँका ३० वर्षिय रमेश कुमार कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए ।
उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण