सोमबार यी नदीमा आकस्मिक बाढीको जोखिम
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ र तराई नजिक न्यून चापीय रेखा रहेको छ।
- मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।
- सोमबार सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ।
देशभर साधरणतया बदली रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कर्णाली र महाकाली नदीहरू को बहाव सतर्कता आसपास रहेको छ र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण