तारकेश्वर गाउँपालिकाका वडा अध्यक्षको निधन
सारांश
- तारकेश्वर गाउँपालिका-६ का वडा अध्यक्ष नारायण प्रसाद रिमालको निधन भएको छ।
- उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा उनको निधन भयो।
- गाउँपालिकाले शोक दिवस घोषणा गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिएको छ।
नुवाकोट । तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा रिमालको निधन भएको हो ।
गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष रिमालले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा पुर्याएको योगदानलाई सदैव सम्झिरहने जनाएको छ। गाउँपालिकाले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
गाउँकार्यपालिकाको निर्णयअनुसार सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ। तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ। साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण