काठमाडौँ । आज साउनको तेस्रो सोमबार । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो लागेको छ । देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् ।
_m79MbzCxaF.jpg)
विशेष गरी वैदिक सनातन हिन्दु धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।
_Yygf5NuKXR.jpg)
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।
_vLItoyPEDr.jpg)
धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको छ ।
_W0X5aYvnxs.jpg)
_8eRpkB5zq6.jpg)
_oy0fls8gG9.jpg)
_6Vw2vFmQNG.jpg)
_tpHXPr8OwB.jpg)
_HeQrGaJn0T.jpg)
_MWBPxuyjf8.jpg)
_mAhtR9JU3a.jpg)
_GLlOBRTxfX.jpg)
_8FcbenLcHo.jpg)
_FndM5bjVh0.jpg)
_XTz5CrHzX7.jpg)
_GYdv7Ivfir.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया