मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बारामा कांग्रेसका दुई समूहबिच झडप

मङ्गलबार, ०५ साउन २०८३, १६ : ४३
मङ्गलबार, ०५ साउन २०८३

बारा । पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर बारामा नेपाली कांग्रेस बाराका दुई समूहबिच झडपको भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट समूहबिच झडप भएको हो ।  

निवर्तमान सभापति यादवलाई पार्टीको केन्द्रीय अनुशासन विभागले कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो । 

आज भट्ट समूहका केही समर्थकहरू पार्टी कार्यालय खोल्न जाने क्रममा दुई समूहबिच चर्को विवाद र नाराबाजीको अवस्था सिर्जना भएको थियो ।  कार्यवाहक प्रमुख मनोज भट्टले गगन थापा कांग्रेसको पार्टी सभापति भएकोले थापाकै निर्देशनमा आफूले जिम्मेवारी पाएको बताए । 

‘पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी मलाई दिइसकेपछि कागजपत्र र भवन बरबुझारथ लिन र हामी आज कार्यालय पुग्दा उहाँहरूले कागजपत्र दिन मान्नुभएन’ कार्यवाहक सभापति भट्टले भने ‘उहाँहरूले विशेष महाधिवेशन हामी जान्दैनौ मै हो सभापति भन्नुभयो, म बाहेक अरूलाई स्वीकार गर्दिन भनेर भवन खाली गर्न मान्नु भएन’ ।

भोलि श्रावण ६ गते बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको पूर्वतयारी गर्ने क्रममा आज झडपकाे अवस्था सिर्जना भएको हो। यता निवर्तमान सभापति राजेश राय यादवले भने आफू छलफलमा भएकाले पछि कुरा गर्ने बताए ।  

संस्थापक समूहलाई पार्टी कार्यालयमा जान रोकेपछि ढुङ्गा मुढा चल्न थालेको छ। प्रत्यक्षदर्शीहरुले भने प्रहरी प्रशासन मूकदर्शक भएको आरोप लगाएका छन् । हाल पार्टीका दुवै समूहबिच छलफल चलिरहेको जनाइएको छ ।

चर्को विवाद, धकेलाधकेल र झडपका बिच केही कार्यकर्ताहरू सामान्य घाइते भएको छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप