अनफोल्डेड
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
मङ्गलबार, ०५ साउन २०८३, २० : २३
सारांश
- भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा विद्यार्थी आन्दोलन चर्किएको छ ।
- पर्यावरणविद् सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेपछि आन्दोलन थप उग्र बनेको छ ।
- २० जुलाईमा विद्यार्थीले गरेको मार्चपासमा प्रहरीले दमन गरेपछि २१ जुलाईमा प्रदर्शन झनै चर्किएको छ ।
भारतको राजधानी दिल्ली यतिबेला कक्रोच जनता पार्टी अर्थात् सीजेपीको नेतृत्वमा विद्यार्थी आन्दोलनको रापमा छ । पर्यावरणविद् तथा शैक्षिक-सामाजिक अभियन्ता सोनम वाङचुकलाई अनसनरत् स्थल जन्तरमन्तरबाट दिल्ली पुलिसले उठाएर अस्पताल लगेपछि स्थिति थप उग्र बनेको छ । २० जुलाईमा हजारौँको संख्यामा विद्यार्थी र जेनजी पुस्ताले जन्तरमन्तरदेखि संसद् भवनसम्म मार्चपास गरे, तर त्यसमा प्रहरीले चर्को दमन गर्यो । त्यसको भोलिपल्ट २१ जुलाईमा पनि प्रदर्शन थप चर्किएको छ ।
सीजेपीको आन्दोलन निष्कर्षसम्म पुग्ला ? शिक्षामन्त्रीको राजीनामा आउला कि नआउला ? कि राजनीतिक समीकरण नै परिवर्तन हुने अवस्था आउला ? भिडियोमा हेर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण