मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपराध

छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै

मङ्गलबार, ०५ साउन २०८३, १७ : ५४
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार प्रकरणमा थप एक शिक्षक पक्राउ परेका छन्।
  • यस प्रकरणमा अहिलेसम्म चार जना पक्राउ परेका छन्, जसमा सङ्गीत शिक्षक भीम नेपाल पनि छन्।
  • प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकसहित तीन जनलाई विद्यालयले निलम्बन गरेकाे छ । 

विद्यालयले शिक्षक अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको हाे। 

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा साेमबार थप एक शिक्षक पक्राउ परेका थिए । यससँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराईलाई सोमबार बिहान पक्राउ गरेको थियो।

उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको सूचना अधिकारी डीएसपी मिश्रले बताए।

यस प्रकरणमा विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतसहित अन्य केही शिक्षकको नाम पनि सामाजिक सञ्जालमा जोडिएपछि प्रहरीले सार्वजनिक भएका सामग्रीको सत्यता र सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप