मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको अत्यधिक जीर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सडकको तत्काल स्तरोन्नति गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष राजेन्द्र राउतद्वारा मंगलबा जारी प्रेस विज्ञप्तिमा सडकको दयनीय अवस्थाका कारण यस क्षेत्रको आर्थिक गतिविधिमा धक्का लागेको उल्लेख छ।
इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने यो सडक सञ्जाल कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधिका लागि लाइफलाइन भएको महासङ्घले जनाएको छ। सडकको दुरावस्थाका कारण उद्योग–व्यवसायमा प्रत्यक्ष असर पर्नुका साथै ढुवानी लागत असाधारण रूपमा बढेको र पर्यटकको आगमनमा समेत उल्लेख्य कमी आएको विज्ञप्तिमा उल्लेख छ।
पूर्वी पहाडी क्षेत्रका मुख्य कृषि उपजहरू चिया, अलैँची, अदुवा, दूध, फलफूल तथा तरकारी समयमै बजारसम्म पुर्याउन नसक्दा स्थानीय कृषक र व्यवसायी दुवैले ठुलो आर्थिक क्षति व्यहोर्नु परिरहेको महासङ्घले जनाएको छ।
सडक सुधारका लागि लामो समयदेखि प्रतिबद्धता दोहोर्याइए पनि हालसम्म अपेक्षित प्रगति हुन नसक्दा निजी क्षेत्र, कृषक र आम नागरिकमा गहिरो निराशा छाएको विज्ञप्तिमा भनिएको छ।
महासङ्घ कोशी प्रदेशले नेपाल सरकारसँग मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ।
यस कार्यका लागि आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गर्दै युद्धस्तरमा काम अघि बढाउन महासङ्घले जोडदार माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण