मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपराध

सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ

मङ्गलबार, ०५ साउन २०८३, १६ : ३०
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटनामा नृत्य प्रशिक्षक भीमप्रसाद नेपाल पक्राउ परेका छन्।
  • यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा सवारी चालक र दुई शिक्षकसहित तीन जना पक्राउ परिसकेका छन्।
  • विद्यार्थीहरूको विरोध प्रदर्शनको तयारीपछि थप अनुसन्धानका लागि प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको हो।

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोही विद्यालयका शिक्षकहरूले दुर्व्यवहार गरेको घटना सम्बन्धमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षीय नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियन्त्रणमा लिइएका नेपालमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका थिए ।  उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सोही नगरपालिका वडा नं. २ बस्ने शिक्षकद्वय ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप