बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपाल औषधी उत्पादक सङ्घको अध्यक्षमा अधिकारी

सोमबार, १९ साउन २०८२, १८ : २०
सोमबार, १९ साउन २०८२

काठमाडौँ । नेपाल औषधी उत्पादक सङ्घको अध्यक्षमा विप्लब अधिकारी चयन भएका छन् । 

सोमबार अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिमा चयन गरिएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रभात प्रभात रुङ्गटा, उपाध्यक्षमा पृश्वी राज भण्डारी (निजु),महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन भएका छन् । 

यस्तै सदस्यहरूमा शैलेस वैध, पङ्कज तिवारी, इश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल चयन भएका छन् । 

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । सङ्घको निवर्तमान अध्यक्ष महेश प्रसाद प्रधान थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप