राजेन्द्र महतो नेतृत्वको पार्टीमा को-को भए पदाधिकारी ? (सूचीसहित)
काठमाडौँ। राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ। पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको हो।
पार्टीको अध्यक्षमा महतो (सर्लाही) स्वयं रहेका छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष बनाइएको छ। वरिष्ठ उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन्।
त्यस्तै, पार्टीमा ५ जना महासचिव रहेका छन्, जसमा केशव कुमार झा (सप्तरी), मिङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (पाँचथर), सन्तोष कुमार मेहता (सुनसरी) र अनिल कुमार महासेठ (सिराहा) छन्।
कोषाध्यक्षको जिम्मेवारी काठमाडौँका नरेन्द्र बज्राचार्यले पाएका छन् भने काठमाडौँका रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई प्रवक्ता तोकिएको छ।
सबै सूची हेर्नुहोस्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण