लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ
सारांश
- प्रहरीले सुनसरी र झापाबाट लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ।
- सुनसरीको कोशी गाउँपालिका र इनरुवाबाट ब्राउन सुगरसहित केही व्यक्ति पक्राउ परेका छन्।
- झापाको अर्जुनधारा र काँकडभिट्टाबाट पनि ब्राउन सुगरसहित केही व्यक्ति पक्राउ परेका छन्।
विराटनगर । सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा लागुऔषध बेचबिखन भइरहेको छ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैयाँ सहित कोशी गाउँपालिका-४ का ३४ वर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ वर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा-४ बाट वराहक्षेत्र नगरपालिका-२ का २० वर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका-७ का ३२ वर्षीय विजय मगर, अर्जुनधारा- ३ का जीवन चौलागाई र अर्जुनधारा- ४ का २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिर्तामोड नगरपालिका- ५ का २४ वर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण