‘रुपन्देही–३ को उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षण’
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले उपनिर्वाचनलाई संघीय लोकतान्त्रिक मोर्चाको परीक्षणको मौका भनेका छन्।
- अध्यक्ष महतोले थारु र मधेसी समुदाय एक हुनुपर्ने र सत्ता गठबन्धनलाई 'काण्डैकाण्ड' वाला सरकार भने।
- रेशम चौधरीले चुनाव जित्नैपर्ने चुनौती रहेको र थारु र मधेसी एक हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षणको मौका भएको बताएका छन् ।
मोर्चाले बुधबार भैरहवामा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष महतोले उपनिर्वाचनबाट थारु र मधेसी एक भएको सन्देश दिनु आवश्यक रहेको बताए । त्यसका लागि दुवै समुदाय एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक रहेको उल्लेख गर्दै भने, ‘यो काण्डैकाण्ड वाला सरकार हो । अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैँ गुलाम रहने कि मालिक बन्ने त्यसको पनि यो उपचुनावमा परीक्षण हुन्छ ।’
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि सत्ता कहिल्यै आफूहरूको हुन नसकेको टिप्पणी गरे ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारुलाई विश्वास गरेर गुन लगाएको बताए । उनले भने, ‘यस पटकको चुनाव जसरी पनि जित्नै पर्ने चुनौती आइलागेको छ । किनभने यस पटक मधेसी र थारु एक ठाउँमा उभिएको छन् ।’
मधेसी र थारु मिलेपछि मात्रै मुलुकमा परिवर्तन हुने दाबी गर्दै उनले यसका लागि सम्पूर्ण थारु र मधेसी एक हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए।
जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेस जनविद्रोहले थारु र मधेसीलाई पहिचान दिलाएको कारण यसलाई भुल्न नहुने बताए ।
यस्तै लोसपा नेपालका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताउन आफूहरू लागिपर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण