अपडेट
जरेखेतमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध
शुक्रबार, २३ साउन २०८२, ०८ : ४०
सारांश
- धादिङको गल्छी गाउँपालिकामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
- पहिरोका कारण काठमाडौँ जाने र आउने सवारीसाधन रोकिएका छन्।
- पहिरो पन्छाउन सुरक्षाकर्मी परिचालन गरिएको छ र चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो ।
पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण