गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर
शुक्रबार, २३ साउन २०८२, ११ : ५८
सारांश
- गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
- काठमाडौँको ग्रिनसिटी अस्पताल लगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।
- हिमालयन उद्धार सङ्घले चिकित्सक र अक्सिजन सिलिन्डर सहित उपचार सेवा दिएको छ।
रसुवा । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमवीवीएस चिकित्सक र अक्सिजन सिलिन्डर समेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण