प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति प्रदान गर्ने
सारांश
- नेपाली सेनाले चाँगुनारायणका स्थानीयलाई प्राविधिक विषयमा छात्रवृत्ति दिने भएको छ।
- चाँगुनारायण नगरपालिका र नेपाली सेनाको कलेजबीच चार जनालाई छात्रवृत्ति दिने सहमति भएको छ।
- प्रत्येक विषयमा एक-एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्नेछ।
भक्तपुर । नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको हो ।
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबिच चार जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नगरपालिकाको तर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको नगर कार्यालयले जनाएको छ ।
हस्ताक्षरपछि आजै नगरप्रमुखले दुवैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताए ।
महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति भएको जानकारी दिँदै उनले थप कोटामा अरू स्थानीयलाई यसै वर्षदेखि अध्यापन गराइने जानकारी दिए ।
महाविद्यालयले भर्नाका लागि आवेदन खुला गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका आफैँले सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण