बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

क्यानद्वारा नेपाल–वेस्ट इन्डिज शृङ्खलाको प्रायोजन र प्रसारण अधिकार बिक्रीका लागि बोलपत्र आह्वान

शुक्रबार, २३ साउन २०८२, २० : ३५
शुक्रबार, २३ साउन २०८२

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल र वेस्ट इन्डिजबिच दुबईमा आयोजना हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको प्रायोजन तथा प्रसारण अधिकार बिक्रीका लागि इच्छुक तथा योग्य कम्पनीहरूसँग बोलपत्र माग गरेको छ ।

सार्वजनिक सूचना अनुसार बोलपत्र प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र विधिमार्फत एक चरण, एक खाम प्रणाली अनुसार सञ्चालन हुनेछ । 

बोलपत्र दस्ताबेज खरिद गर्न इच्छुक कम्पनी वा संस्थाले कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित लिखित निवेदन दिई १० हजार रुपैयाँ दस्तुर बुझाई क्यानको मुलपानीस्थित कार्यालयबाट २२ अगस्टसम्म कार्यालय समयभित्र बोलपत्र फाराम लिन सक्नेछन् ।

bids

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप