चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
सारांश
- वैशाखदेखि साउन २४ गतेसम्म दुई हजार ६ सय ७५ विपद्का घटनाहरू घटेका छन्।
- विपद्का घटनाबाट एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्।
- बाढी, पहिरो, र अन्य विपद्का कारण हजारौं घरपरिवार प्रभावित भएका छन्।
काठमाडौँ । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण एक सय ७४, चट्याङका दुई सय ४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका एक सय ५८, हावाहुरीका दुई सय ७६, जनावर आक्रमणका एक सय ५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन् । विपद्जन्य घटनाका कारण चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।
यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपद्का घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण