सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, २५ साउन २०८२, १० : ५४
आइतबार, २५ साउन २०८२

सारांश

  • आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
  • छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा भने ५ रुपैयाँ वृद्धि भएको छ।

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । 

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप