लुम्बिनीमा गीता गुरुङको ठाउँमा निलमलाई प्रदेशसभा सदस्य बनाउँदै जनमत
सारांश
- जनमत पार्टीकी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिएपछि निलम पासवानलाई समानुपातिक सदस्य बनाइने भएको छ।
- राजनकुमार श्रेष्ठ सम्पर्कमा नआएपछि दलित कोटाकी निलम पासवानको नाम सिफारिस गर्न लागिएको छ।
- निलम पासवान मधेश प्रदेशकी भए पनि लुम्बिनीमा बसाइँ सरेकी छन् र उनलाई सिफारिस गरिने भएको छ।
रुपन्देही । जनमत पार्टी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा अर्को समानुपातिक सदस्य चयन गर्न लागिएको छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ ।
गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक सदस्य भएकी थिइन् । उनको नाम बन्द सूचीको दोस्रो नम्बरमा थियो । उनले राजीनामा दिइसकेपछि आदिवासी जनजाति कोटामा पुरुषतर्फ राजनकुमार श्रेष्ठ प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् । सूची अनुसार उनको नाम पठाउनुपर्ने हुन्छ ।
तर जनमत पार्टी लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहेका श्रेष्ठ पार्टीको सम्पर्कमा नआएका कारण निलम पासवानको नाम पठाउन लागिएको सो पार्टीका एक पदाधिकारीले बताए । निलम पासवानको दलित कोटाको बन्दसूची क्रमसंख्या ४ नम्बरमा नाम छ । जनमत पार्टीले आदिवासी जनजातिको कोटामा दलित कोटाको नाम पठाउन लागेको हो ।
सो प्रदेशमा समानुपातिक सूचीको आदिवासी जनजाति कोटामा दुई जनाको नाम रहेको छ । त्यसमध्ये गुरुङले राजीनामा दिइसकेकी छन् भने श्रेष्ठ सम्पर्कमा नै छैन । दलित कोटा पनि एक पुरुष र एक महिला गरी दुई जनाको नाममा छ । त्यसमध्ये निलमको नाम पठाउन लागेको स्रोतले दाबी गरेको छ ।
निलम मधेस प्रदेश सिरहाकी हुन् तर उनी लुम्बिनी प्रदेशमा बसाइ सराइ गरिसकेको पार्टीले दाबी गरेको छ । पार्टीका अध्यक्ष डा.सिके राउत मुलुक बाहिर छन् । उनी स्वदेश फर्केपछि अर्को हप्तातिर निर्वाचन आयोगमा निलमको नाम सिफारिस गर्ने बताइएको छ ।
गीता गुरुङले आफ्नो व्यस्तताको कारण देखाउँदै प्रदेश सभा सदस्यबाट वैशाख ३० गते राजीनामा दिएकी थिइन् । जनमत पार्टीले उनले राजीनामा दिएपछि सो ठाउँमा राजनकुमारको नाम पठाउने तयारी थालेका थियो । तर पार्टीले पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ राजनकुमारले दिएनन् । प्रक्रिया पुरा गरेर राजनकुमारको नाम बन्द सूचीबाट हटाउन लागिएको जनमत पार्टी स्रोतले जनाएको छ ।
पहिला राजनकुमारको नाम हटाउने, त्यसपछि निलम पासवानको नाम पठाउने तयारी सो पार्टीले गरेको छ । पार्टीले जेठ २० गते उनलाई पहिलो स्पष्टीकरण सोधेको थियो । राजनकुमार विगत दुई वर्षदेखि पार्टीको सम्पर्कमा छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण