दोस्रो तहका कम्युनिस्ट नेताहरू लगातार छलफलमा
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच वाम एकता र कम्युनिस्ट आन्दोलनबारे छलफल भयो।
- छलफलमा नेपालको कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था र वैज्ञानिक समाजवाद प्राप्तिका लागि कार्यनीतिबारे कुराकानी भयो।
- नेताहरूले भेटघाटलाई निरन्तरता दिने र समग्र वाम आन्दोलनबारे छलफल गर्ने सहमति जनाए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच नेपालको कम्युनिस्ट आन्दोलन र वाम एकताबारे छलफल भएको छ । आइतबार खनाल निवास डल्लुमा २ नेताबिच नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे छलफल भएको हो ।
‘दुई नेताबिच भएको भेटघाटका क्रममा खास गरी नेपालको कम्युनिस्ट आन्दोलनमा पछिल्लो अवस्थामा आइरहेको विग्रहका बारेमा र कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको छ’, स्रोतले भन्यो, ‘देशमा हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसकेका छौँ, अब वैज्ञानिक समाजवाद प्राप्तिका लागि कार्यनीति र हाम्रा बाटाहरू के–के हुन सक्छन् ? भन्नेमा छलफल केन्द्रित भयो ।’
छलफलका क्रममा अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषण गर्दै नेपालका कम्युनिस्टहरूलाई एकताबद्ध गराएर अगाडि लैजाने उपायको खोजीबारे दुई नेताबिच कुराकानी भएको बताइएको छ ।
‘आइतबारको छलफल प्रारम्भिक मात्र हो । यसलाई निरन्तर अगाडि बढाइराख्ने सहमति भएको छ’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘समग्र बाम आन्दोलनका बारेमा कुराकानी भएको हो, दुई पार्टीबिच मात्र केन्द्रित भएर छलफल भएको होइन ।’
यसअघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेता श्रेष्ठबिच शुक्रबार भेटवार्ता भएको थियो । त्यसअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच बिहीबार भेटवार्ता भएको थियो । त्यसअघि विप्लव र एमाले महासचिव शंकर पोखरेल तथा विप्लव र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबिच पनि भेटवार्ता भएको थियो । त्यस्तै विप्लव र माओवादीका अर्का उपमहासचिव वर्षमान पुन ‘अनन्त’बिच पनि केही समय पहिला भेटवार्ता भएको थियो ।
कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताबिच लगातार जसो भेटवार्ता भए पनि उनीहरूको भेटमा भएको छलफल र निष्कर्षबारे विस्तृत रूपमा कसैले पनि बताउन चाहेका छैनन् ।
पछिल्लो राजनीतिक अवस्था र कम्युनिस्ट आन्दोलनका बारेमा छलफलहरू केन्द्रित भएको भनेर नेताहरूले होलसेलमा जवाफ दिँदै आएका छन् । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग तत्काल पार्टी एकता गर्न साउन तेस्रो साता सम्पन्न स्थायी कमिटी बैठकबाटै निर्णय गरिसकेको छ ।
त्यस्तै माओवादीले एकीकृत समाजवादीसँग पनि पार्टी एकताको प्रस्ताव गरे पनि एकीकृत समाजवादीले तत्काल पार्टी एकता सम्भव नभएको बताउँदै आएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आन्तरिक किचलो कायमै रहेका बेला नेताहरूबिच भएको बाक्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण