सुर्खेतको चौकुनेमा अटो दुर्घटना : ५ महिने शिशुको अवस्था गम्भीर, ६ जना घाइते
सारांश
- सुर्खेतको चौकुने गाउँपालिकामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सात जना घाइते भएका छन्।
- दुर्घटनामा घाइतेमध्ये पाँच महिने शिशुको अवस्था गम्भीर रहेको छ र उनको उपचार भइरहेको छ।
- प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरेको छ र थप अनुसन्धान जारी छ।
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा आइतबार बिहान अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सदस्यसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये एक पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, चौकुने गाउँपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटना बिहान करिब साढे ९ बजे भएको हो ।
दुर्घटनामा अटो चालकसहित सवार सबै जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते हुनेहरूमा चालक, चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले रहेका छन् । उनको देब्रे खुट्टा र हातमा चोट लागेको छ ।
यसैगरी चौकुने–५ मायातालकी ३५ वर्षीया मिना विक र उनका ५ महिनाका छोरा नविश विक पनि घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका कारण शिशु नविशको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आमा मिनाको भने शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम छ । दुर्घटनामा चौकुने–८ कोलघारकी १० वर्षीया धरमिसरा विक र ३२ वर्षीया जस्दा विक पनि घाइते भएका छन् ।
धरमिसराको छाती, ढाड र दायाँ खुट्टामा तथा जस्दाको बायाँ हातमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनामा परेका अन्य दुई जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार, घाइते सबैको चौकुनेस्थित गुडु बजारको एक स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गम्भीर घाइते शिशुलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक कृष्णबहादुर वटालाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा अटोले क्षमताभन्दा बढी यात्रु बोकेकाले अनियन्त्रित भएको हुनसक्ने आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण