अबुधाबीस्थित नेपाली दूतावासबाट वैधानिकीकरण श्रम स्वीकृति सेवा सुरु
सारांश
- सेवा लिनका लागि अनलाइन आवेदन, राहदानी, भिसा, बिमा, र अन्य आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ।
अबुधाबी । नेपाली राजदूतावास, अबुधाबीले युएईको अबुधाबी इमिरेट्समा कार्यरत नेपाली नागरिकहरूका लागि श्रम स्वीकृति वैधानिकीकरण सेवा नियमित गर्ने भएको छ।
दूतावासले सोमबार एक सूचना जारी गर्दै भदौ २ गतेदेखि यो सेवा नियमित सुरु हुने जानकारी दिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशिका अनुसार, सेप्टेम्बर ३०, २०२४ भन्दा अगाडि रोजगारी भिसा प्राप्त गरी अबुधाबीमा कार्यरत नेपालीहरूले मात्र यो सेवा लिन पाउनेछन्। अन्य इमिरेट्समा कार्यरत नेपालीहरूको हकमा पछि सूचना प्रकाशित गरिने दूतावासले जनाएको छ।
सेवाग्राहीले दूतावास खुलेको दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो २ बजेदेखि ३ बजेसम्म यो सेवा लिन सक्ने सूचनामा उल्लेख छ । साउन ३ देखि भने पहिलो र तेस्रो शनिवार बिहान १०:३० बजेदेखि अपरान्ह १:३० बजेसम्म यो सुविधा प्रदान गरिँदै आएको थियो ।
सेवा लिनका लागि आवेदकले अनलाइनमार्फत आवेदन पेस गर्नुपर्नेछ। आवश्यक कागजातमा कम्तीमा तीन महिना म्याद बाँकी भएको राहदानी, युएई भिसा वा इमिरेट्स आइडी कार्ड, म्यादी जीवन बिमा प्रमाणपत्र, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण, वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण र कम्पनीसँग भएको करार सम्झौता पत्र पर्छन्।
वैधानिकीकरण श्रम स्वीकृतिको प्रक्रिया अन्तर्गत अनलाइन आवेदन पेस गरेपछि भिसाको आधिकारिकता, प्रकृति, जारी मिति र अन्त्य मिति जाँच गरिनेछ। आवश्यक परेमा थप कागजात मागिनेछ। साथै, आवेदन दिनुअघि सेवाग्राहीको फोटो, आँखाको फोटो (आईरिस स्क्यान) वा औँठाछाप (फिङ्गरप्रिन्ट) अनिवार्य रूपमा लिइने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण