कृषि क्षेत्रलाई दिगो, न्यायसङ्गत र जलवायु सहनशील बनाउन आवश्यक: सभापति थापा
सारांश
- कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले कृषि क्षेत्रलाई दिगो बनाउनुपर्ने बताइन्।
- उनले राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता र सामूहिक स्वमत्विलाई आधारस्तम्भको रूपमा औंल्याइन्।
- सभापति थापाले किसानमैत्री कानुन निर्माणमा संसदको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसङ्गत र जलवायु सहनशील बनाउन आवश्यक रहेको बताएकी छिन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामूहिक स्वमत्वि हुन आवश्यक रहेको बताइन् ।
यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने बताइन् । नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवर्द्धन र शिक्षा अनिवार्य रहेको बताइन् । व्यावसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्न जरुरी रहेको बताइन् ।
सभापति थापाले नेपालको संसद्ले समावेशी र किसानमैत्री कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको उनले बताइन् । अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण