‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’
बुधबार, २८ साउन २०८२, ०८ : ४२
सारांश
- सरोकारवालाहरूले हात्तीको संरक्षणमा जोड दिए, किनकि यसले पर्यावरणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
- सौराहामा आयोजित हात्ती वनभोज कार्यक्रममा सहभागीहरूले हात्ती संरक्षणको महत्त्वबारे चर्चा गरे।
- चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतले हात्ती बिना संरक्षण असम्भव रहेको बताए।
चितवन । पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए। उनले भने, “हात्तीलाई संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ । हात्ती बुद्धिमान् जनावार भएकाले यसको संरक्षण जरुरी छ । ”
वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण