‘एन्टी डोपिङ’ परीक्षण गरेर पहिलोपटक पावर लिफ्टिङ
सारांश
- नेपालमा पहिलो पटक निजी क्षेत्रले खेलाडीको एन्टी डोपिङ परीक्षणसहित एसियन पावर लिफ्टिङ च्याम्पियनसिप आयोजना गर्दैछ।
- काठमाडौँमा साउन ३० गतेदेखि हुने प्रतियोगितामा नेपालसहित विभिन्न एसियाली देशका १२० खेलाडीको सहभागिता रहनेछ।
- प्रतियोगितालाई १६ वटा तौल समूहमा विभाजन गरी सञ्चालन गरिनेछ, जसले यसलाई थप आकर्षक बनाउनेछ।
काठमाडौँ । नेपालमा पहिलो पटक निजी क्षेत्रको संस्थाले खेलाडीको एन्टी डोपिङ परक्षण गरेर अन्तर्राष्ट्रिय एसियन पावर लिफ्टिङ च्याम्पियनसिपको आयोजना गर्दैछ । नेपाली यूथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा साउन ३० गतेदेखि काठमाडौँमा पहिलो पटक एसियन पावर लिफ्टिङ च्याम्पियनसिप आयोजना हुन लागेको हो ।
‘नेपालमा पहिलो पटक निजी क्षेत्रबाट खेलाडीको एन्टी डोपिङ परीक्षण गरेर एसियन स्तरको प्रतियोगिताको आयोजना गर्दैछौंँ’ आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले भने– ‘पावर लिफ्टिङ च्याम्पियनसिपमा यस प्रकारको परीक्षणको निकै ठुलो महत्त्व रहेको छ ।’
आर्थिक हिसाबले धान्न नसक्ने भएका कारण नेपाल जस्ता देशहरूमा फिजिकल गेमहरूको एन्टी डोपिङ परीक्षण निकै कम हुने गरेको छ । पहिलो पटक एसियन पावर लिफ्टिङ च्याम्पियनसिपको आयोजना गर्न लागेको नेपाली यूथ फिटनेस एन्ड केलिस्थेनिक्सले एन्टी डोपिङ परीक्षणलाई केन्द्रमा राखेर प्रतियोगिताको सञ्चालन गर्न लागेको हो ।
साउन ३० देखि तीन दिनसम्म काठमाडौँमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, श्रीलङ्का पाकिस्तान लगायत विभिन्न एसियाली देशका १ सय २० खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितालाई आकर्षक बनाउने उद्देश्यले आयोजकले १६ वटा तौल समूहमा कार्यक्रमलाई विभाजन गरी सञ्चालन गर्ने तयारी गरेको छ ।
नेपालमा फिजिकल फिटनेस र केलिस्थेनिक्समा हरेक वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्दै आएको नेपाली यूथ फिटनेस एन्ड केलिस्थेनिक्सले यस वर्ष एसियाली स्तरको प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण