डा. रामेश कोइरालाले विदेशबाटै दिए गंगालाल हृदय केन्द्रबाट राजीनामा
सारांश
- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियाक सर्जन डाक्टर रामेश कोइरालाले राजीनामा दिएका छन्।
- डा. कोइरालाले व्यक्तिगत कारण देखाउँदै अस्पतालको कार्यकारी निर्देशकलाई राजीनामा बुझाएका हुन्।
- उनले १६ अक्टोबरसम्म विदेशमा रहेकाले सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्न अनुरोध गरेका छन्।
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट कार्डियाक सर्जन डाक्टर रामेश कोइरालाले राजीनामा दिएका छन् । कार्डियोभास्कुलर विभाग प्रमुखका एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक रहेका डाक्टर कोइरालाले सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी दिएका हुन् ।
डा. कोइरालाले अस्पतालको कार्यकारी निर्देशकलाई सम्बोधन गरी सार्वजनिक पत्रमा गंगालाल राष्ट्रिय हृदय केन्द्रको सबै जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका छन् । हाल आफू विदेशमा रहेको र तत्काल भौतिक रूपमा उपस्थित हुन नसक्ने भएकाले विद्युतीय माध्यमबाट राजीनामा दिएको उनको भनाई छ।
उनले राजीनामा पत्रको विद्युतीय हस्ताक्षर प्रमाणीकरण गर्न अस्पताललाई आग्रह गरेका छन् । उनले अक्टोबर १६ सम्म अस्पतालमा उपस्थित हुन नसक्ने भएकाले त्यतिजेलसम्म आफ्नो कार्यकक्षमा रहेका सामानका लागि प्रतीक्षा गर्न आग्रह गरेको छन् ।
‘आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु’, डा. कोइरालाले लेखेका छन् ।
यस्तै, डा. कोइरालाले आफू केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति र उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।
‘आफू केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति र उज्ज्वल भविष्यको कामना गर्दै उनले पत्रको अन्त्यमा लेखेका छन्, म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं–हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम सङ्घीय सरकारले (काम गरोस् भन्ने कामना गर्दछु,’ राजिनामा पत्रमा उनले भनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण