असोजबाट ‘पार्वती’को छायाङ्कन थाल्दै निता
सारांश
- फिल्म 'पार्वती' को छायाङ्कन असोजबाट सुरु हुने भएको छ, जसमा दीपाश्री निरौला मुख्य भूमिकामा छिन्।
- अभिनेत्री निता ढुङ्गानाले निर्देशन गर्ने फिल्ममा उनी पनि मुख्य भूमिकामा छिन्, र फिल्म माघ १ गते रिलिज हुनेछ।
- फिल्मको कथा निताले लेखेकी हुन् भने पटकथा शिवं अधिकारीले लेखेका हुन्, र यसमा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुङ्गानाको लगानी छ।
काठमाडौँ । फिल्म ‘पार्वती’को छायाङ्कन आगामी असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारमा दीपाश्री निरौलालाई फाइनल गर्दै छायाङ्कन जानकारी दिएको हो । फिल्म अभिनेत्री निता ढुङ्गानाले निर्देशन गर्दैछिन् ।
‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा ‘छ एकान छ’मा मैले निता लिएकी थिए’, दीपाले भनिन् ‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै भयो । मलाई उनले फिल्ममा अनुबन्धित गरेकी छन् ।’ दीपाले आफूलाई फिल्मको मुख्य भूमिकामा मौका दिएकोमा नितालाई धन्यवाद व्यक्त गरिन् ।
फिल्ममा निता पनि मुख्य भूमिकामा अभिनय गर्दैछिन् । फिल्मको प्रदर्शन मिति भने आगामी माघ १ भनिएको छ । फिल्ममा निता र दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएका छैनन् ।
फिल्मको कथा निताले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवं अधिकारीले तयार पारेका हुन् । छायाङ्कन कविरलाल र शाहिद लालले गर्नेछन् । फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुङ्गानाले लगानी गर्नेछन् । निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा होमिएकी थिइन् ।
फिल्मको वितरण पक्षमा, उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण