थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न रास्वपाको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ।
- रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रतिनिधिसभाको बैठकमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यस्तो थारु भाषालाई काम काजको भाषामा समावेश गर्न माग गरेका हुन् ।
उनले भने, ‘कोशी प्रदेश सरकारले यही साउन १५ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुने गरी ल्याएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा नेपाली भाषासँगै केवल मैथिली भाषा र लिम्बु भाषालाई समावेश गरेकोमा गम्भीर आपत्ति प्रकट गर्दछु । कोशी प्रदेशका ४ दशमलव २२ प्रतिशत नागरिकको मातृ भाषा रहेको थारु भाषालाई सङ्घीयताको मर्मविपरित उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथिको निर्मम प्रहार हो । जसको म घोर भर्त्सना गर्दछु । तसर्थ थारु भाषालाई पनि प्रदेशको कामकाजको भाषामा तत्काल समावेश गर्न सभामुख महोदयमार्फत कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण