प्रचण्डलक्षित ओलीको टिप्पणी : कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न आग्रह गरेका छन्।
- प्रधानमन्त्रीले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको बताए।
- दाहालले निर्माण ढिलाइ भएको भन्दै प्रश्न उठाएका थिए, जसमा ओलीले प्रतिक्रिया दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
उनले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसदमा प्रश्न उठाएका थिए । प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद काम अघि बढेको बताए ।
उनले भने- ‘निर्माणका क्रममा प्रतिक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रश्नहरु सुनिए, प्याराफिट बन्नो ? मेरो जवाफ छ– बन्यो । फ्लड लाइट जोडियो ? टुंगिन आँट्यो । कुनै जादु त होइन नि । यस्ता प्रश्न गर्ने साथिहरुलाई एक पटक संसदीय समितिका माननीय सदस्यहरुले जस्तै अनुगमन गर्नको लागि अनुरोध गर्छु । सँगै जाने भएपनि जाऔँ मिलाएर सँगै हेर्न । यसपटक प्याराफिट र फ्लडलाइट जोड्ने काम सकिएपछि रंगशालाको दोस्रो चरणको काम फेरि अगाडि बढाइेछ ।’
प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण