आज भाद्र कृष्णपक्ष पञ्चमी: कोलमतीघाटमा स्नान गरिँदै
सारांश
- आज भाद्र कृष्णपक्ष पञ्चमी तिथिमा कोलमतीघाटमा स्नान गरिँदैछ।
- कोलमतीघाटको महत्त्व स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्डमा वर्णन गरिएको छ।
- कोलमती र बाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेको छ।
काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।
“कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ । कोललाई ‘बराह’ भनिएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई ‘कोलमती’ भनिएको हो, कोलमती बाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ”, उनले भने ।
कोलमती र बाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको ती ग्रन्थमा वर्णन गरिएको छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई हाल पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल र त्यसको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो भन्ने गरिएको छ । कोलमती, चैलमती र बाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको र कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्त्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र ओझेलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण