३७० खर्ब डलरमा उक्लियो अमेरिकाको राष्ट्रिय कर्जा
सारांश
- अमेरिकी सरकारको राष्ट्रिय ऋण ३७० खर्ब डलर नाघेको छ।
- अर्थ मन्त्रालयका अनुसार, ऋण कोभिड महामारी अघिको अनुमानभन्दा चाँडो बढेको हो।
- महामारीका बेला अर्थतन्त्रलाई स्थिर राख्न ठूलो मात्रामा ऋण लिइएको थियो।
वासिङ्टन डिसी । अमेरिका सरकारको कूल राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको छ । यसले अमेरिकाको बासलातमा ऋण तीव्र गतिमा बढिरहेको अनि करदाताहरूमाथि दबाब बढिरहेको देखाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जारी गरेको एउटा प्रतिवेदनले राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको देखाएको हो ।
कोरोना भाइरसको महामारी अघि प्रक्षेपण गरिएको भन्दा छिटै नै राष्ट्रिय कर्जाले यो स्तर पार गरेको हो । कंग्रेस बजेट अफिसले २०२० को जनवरीमा एउटा प्रक्षेपणमा आर्थिक वर्ष २०३० पछि मात्रै संघीय सरकारको कर्जा ३७० खर्ब डलरमाथि उक्लिने बताएको थियो । २०२० का सुरुमा अमेरिका कोरोना भाइरसको महामारीको चपेटामा परेपछि कर्जाको स्तर ह्वात्तै बढ्यो ।
कोभिडका कारण अमेरिकी अर्थतन्त्रको अधिकांश हिस्सा ‘सट डाउन’ भएका थिए भने तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र त्यसपछिको जो बाइडेनको प्रशासनअन्तर्गतको संघीय सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर पार्न र पुनःबहालीलाई टेवा दिन ठूलो परिमाणमा ऋण लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण