नयाँ इतिहास रच्दै ज्याकब बेथल
सारांश
- ज्याकब बेथल आयरल्यान्डविरुद्धको टी२० सिरिजका लागि इंग्ल्यान्डको कप्तान नियुक्त भएका छन्।
- बेथल अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्ड पुरुष टोलीका इतिहासकै कान्छा कप्तान बन्नेछन्।
- सोनी बेकर र रेहान अहमदलाई सिनियर टोलीमा बोलाइयो, जोफ्रा आर्चर दुवै सिरिजका लागि उपलब्ध छन्।
लण्डन । ज्याकब बेथल आगामी सेप्टेम्बरमा आयरल्यान्डविरुद्धको टी२० सिरिजका लागि इंग्ल्यान्डको कप्तान नियुक्त भएका छन् । योसँगै उनी अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्ड पुरुष टोलीका इतिहासकै कान्छा कप्तान बन्नेछन्।
२१ वर्षीय बेथलले स्थायी ह्वाइट–बल कप्तान ह्यारी ब्रुकको स्थान लिँदै डब्लिनमा हुने तीन टी२० अन्तर्राष्ट्रियमा टोलीको नेतृत्व गर्नेछन्। सिरिजको पहिलो खेल सेप्टेम्बर १७, बुधबार हुनेछ।
कप्तान घोषित भएपछि बेथलले स्काई स्पोर्ट्ससँग कुरा गर्दै भने, ‘यो समाचार पाउँदा सबैभन्दा पहिला आएको भावना गर्वको हो। इंग्ल्यान्डको कप्तानी गर्नु ठूलो सम्मान हो, म त्यसका लागि आतुर छु।’
यस यात्राका लागि ह्याम्पशायरका २२ वर्षीय तीव्र बलर सोनी बेकरलाई पहिलोपटक सिनियर अन्तर्राष्ट्रिय टोलीमा बोलाइएको छ। उनी म्यानचेस्टर ओरिजिनल्सबाट ‘द हन्ड्रेड’ मा देखाएको उत्कृष्ट प्रदर्शनका कारण चर्चामा आएका थिए। बेकरलाई दक्षिण अफ्रिकाविरुद्धको आगामी घरेलु एकदिवसीय सिरिजका लागि पनि चयन गरिएको छ।
इंग्ल्यान्डले सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय र टी२० सिरिजका लागि टोली घोषणा गरेको छ, जसमा जोफ्रा आर्चर दुवैमा समावेश छन्। तर, यसै वर्षको अन्त्यतिर हुने एशेजलाई ध्यानमा राख्दै आर्चर, ब्रुक, ब्रिडन कार्स, बेन डकेट र जेमी स्मिथलाई आयरल्यान्ड यात्राबाट आराम दिइनेछ ।
जो रुटलाई दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय टोलीमा मात्र राखिएको छ। बायाँ हाते स्पिनर लियम डसोन, बायाँ हाते तीव्र गतिका बलर लुक उड र पावर हिटर फिल साल्टलाई टी२० टोलीमा मात्र राखिएको छ।
अलराउन्डर रेहान अहमदलाई यस वर्षको घरेलु सिजनमा लिसेस्टरसायरका लागि देखाएको उत्कृष्ट प्रदर्शनको पुरस्कारस्वरूप तीनै प्रारूपको टोलीमा चयन गरिएको छ। बेथलसँगै टम बान्टन, विल ज्याक्स, साकिब महमूद, जेमी ओभरटन र आदिल राशिद पनि तीनै टोलीमा रहेका छन्।
आयरल्यान्ड टी२० यात्राका लागि ल्यान्काशायरका बायाँ हाते स्पिनर टम हार्टली र डरहमका पेसर म्याथ्यु पोट्स पनि टोलीमा परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण