बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

कृष्ण जन्माष्टमी : बुढानीलकण्ठस्थित इस्कोन मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

शनिबार, ३१ साउन २०८२, १३ : ०१
शनिबार, ३१ साउन २०८२

सारांश

  • आज कृष्ण जन्माष्टमीको अवसरमा बुढानीलकण्ठस्थित इस्कोन मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
  • मन्दिरमा अभिषेक, अर्पण र भजन कीर्तन भइरहेका छन् भने बाहिर भक्तजन दर्शनका लागि लामबद्ध छन्।
  • भक्तजनहरू प्रसाद ग्रहण गर्दै, गीत गाउँदै र उत्सव मनाउँदै गरेको देखिन्छन्, जसले बुढानीलकण्ठलाई जन्माष्टमीमय बनाएको छ।

काठमाडौँ । कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ । मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेका छन् भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन् ।

Krishna janma asthami_ iskon_ (2)

कसैले हातमा प्रसाद बोकेका छन् भने कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ । कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।

Krishna janma asthami_ iskon_ (1)Krishna janma asthami_ iskon_ (2)Krishna janma asthami_ iskon_ (3)Krishna janma asthami_ iskon_ (4)Krishna janma asthami_ iskon_ (5)Krishna janma asthami_ iskon_ (6)Krishna janma asthami_ iskon_ (7)Krishna janma asthami_ iskon_ (8)Krishna janma asthami_ iskon_ (9)Krishna janma asthami_ iskon_ (10)Krishna janma asthami_ iskon_ (11)Krishna janma asthami_ iskon_ (12)Krishna janma asthami_ iskon_ (13)Krishna janma asthami_ iskon_ (14)Krishna janma asthami_ iskon_ (15)

फोटो : नेपाल फोटो लाइब्रेरी/ममुन केसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप