‘मिटरब्याजी’ महेश बहादुर सिंहको ६ थान हतियार प्रहरी नियन्त्रणमा
काठमाडौँ । चर्को मूल्यमा पैसा ब्याजमा लगाउँदै आएका ‘मिटरब्याजी’ महेश बहादुर सिंहको साथमा रहेका ६ थान हतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहले हतियारको लाइसेन्स लिएर सुरक्षा प्रयोजनको लागी हतियार राखे पनि उक्त हतियार समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको सुचना आएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
मकवानपुरको हेटौंडा स्थायी घर भएर ललितपुरको भनिमण्डल बस्दै आएका सिंहको साथबाट प्रहरीले ‘बाह्र बोर सटगन’, ४ थान ‘बाईस बोर राईफल’ र एकथान ‘१२ बोर सटगन’ तथा १३६ राउण्ड गोली बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
विभिन्न मितिमा हातहतियार खरखजाना ऐन २०१९ को दफा १० बमोजिम लाइसेन्सधारी हतियार लिएका सिंहले उक्त ऐनको दफा बामोजिमका शर्तहरु उल्लंघन गर्दै सोही हतियार देखाएर ठेक्का कब्जा गर्ने, अनावश्यक रुपमा गाडीमा हतियार राखेर त्रास उत्पन्न गराउने, चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने गरेको पाइएको छ ।

महेश बहादुर सिंह उपर ठगी, अपहरण तथा शरीर बन्धक र बन्यजन्तु सम्बन्धी अपराधमा यसअघी पटक–पटक अनुसन्धान भईसकेको प्रहरीले जनाएको छ ।
लाइसेन्स लिएर राखेको हतियार दुरुपयोग गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त हतियारको लाईसेन्स रद्द गरेको बताईएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण