सहरमा बस्नेलाई शिविरमार्फत सेवा दिँदै काभ्रेका स्थानीय तह
सारांश
- काभ्रेपलाञ्चोकका स्थानीय तहहरूले सहरमा बसोबास गर्ने नागरिकलाई शिविरमार्फत सेवा दिन थालेका छन्।
- चौँरीदेउराली र तेमाल गाउँपालिकाले काठमाडौंमा शिविर संचालन गरी सामाजिक सुरक्षा भत्ता वितरण र परिचयपत्र नवीकरण गरेका छन्।
- शिविरले नागरिकलाई गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त गरेको छ र अभिलेख अद्यावधिकमा सहयोग पुगेको छ।
काभ्रेपलाञ्चोक । गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई काभ्रेपलाञ्चोकका स्थानीय तहले शिविरमार्फत सेवा दिन थालेका छन् । चौँरीदेउराली गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको छभने तेमाल गाउँपालिकाले साउन तेस्रो साता शिविरमार्फत सहरमा बस्नेलाई आवश्यक सेवा दिएको थियो ।
विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । चौँरीदेउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि काठमाडौँको विभिन्न स्थानमा सेवा दिने जनाएको हो । करिब एकहप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गरी तालिकामा मिति र वडा नं उल्लेख गरी उक्त वडाका नागरिकलाई सेवा दिने जनाइएको छ ।
यसअघि यही साउन तेस्रो साता जिल्लाको तेमाल गाउँपालिकाले साउन तेस्रो साता गाउँ छाडेर काठमाडौँ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एकहप्ते शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नगरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जहाँ गाउँपालिकाको नागरिक बस्छन् त्यही सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नवीनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजने योजना बनाउँदै गरेको बताए । अभिलेख अद्यावधिकमा पनि टेवा पुगेको जनाउँदै गाउँपालिकाले उपत्यकालगायत सहरमा बस्नेले अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण