रुपन्देही-३ को उपनिर्वाचनबारे प्रतिवेदन तयार गर्दै एकीकृत समाजवादी
सारांश
- नेकपा एकीकृत समाजवादीले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको लागि अध्ययन गर्न कार्यदल गठन गर्यो।
- कार्यदलले भदौ १० गतेभित्र प्रतिवेदन बुझाउनेछ, जसमा एक्लै वा अन्य पार्टीसँग मिलेर चुनाव लड्ने विषय समेटिनेछ।
- आगामी कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुँदैछ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका विषयमा अध्ययन प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी रहेका छन् ।
त्यस्तै सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्द बन्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह कार्यदलमा रहेका छन् ।
उक्त कार्यदलले भदौ दस गतेभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । सोही कार्यादेश अनुसार आइतबार कार्यदलको पहिलो बैठक बसेर काम थालेको सचिव पाण्डेले जानकारी दिए ।
आगामी कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने कि अन्य पार्टीहरूसँग सहकार्य गर्ने भन्ने प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण